Monday, May 2, 2016
Friday, April 29, 2016
Tuesday, January 26, 2016
Saturday, July 25, 2015
Power of mother nature
What could you possibly see in a normal picture taken by some normal guy with just some normal intentions?
But wait, can u see things?? Not just looking at them, but seeing through them!
Everything has a soul do you believe it? Well, you need to feel a soul within yourself to believe that :)
Not necessarily everyone views things in the same way, do they?
'Picture speaks a thousand words' someone said it right :)
This picture here speaks about life.
Life is beautiful but everyday is a challenge.
You must see through things and maintain a balance.
If there were no sorrows who would have known what happiness was,
If there were no difficulties who would have known what courage was..
There is much struggle to get on the top;u need to climb the stairs.
In that course u will face truth, life, hardship and even tears.
You face the whole world by the time u are at the top but dont frown,
Story doesnot end there because uneasy lays the head that wears the crown.
Sky is my limit, i need to make my own way,
Only then i will reach the peak.
This is what i think the picture speaks.
The entire thing above was written by my friend Devika Tandukar, Thank you so much for writing it through your perspective ;)
Wednesday, July 22, 2015
Photowalk at godavari
| Don't exactly know what kind of beetle is this, but it is beautiful :) |
| Anuj dai trying to capture beautiful little frog and the outcome was totally worth it :) |
| My first try with long exposure. Thank you Anuj dai, for teaching me this technique :) I am happy to call you "गुरुबा" now :D |
| Macro photo of Grasshopper. It was very difficult capturing a perfect photo of this little creature and now i have a wish of buying a macro lens to do that. (SOME DAY I WILL :D) |
| Butterfly! Butterfly!! which colour do you like? |
| Learning with long exposure :) Awesome moment it was :D |
| मेरो गुरुबा - Sabin dai "एकतारे" |
| मेरो अर्को गुरुबा (Both photography and Swimming) - Anuj Ghimire "Mr Zoologist" |
| Companions of the day - Ishh dai and Nishant :) |
| Sudip dai - मेरो स्विमिंग गुरु ;) |
| Anuj dai in action :) |
| Sabin dai in action :) |
Sunday, July 5, 2015
Friday, May 1, 2015
महाभुकम्प र मेरो अनुभव
DAY : 1
मिति बैशाख १२ गते (April 25), शनीबारको दिन थियो, खै किन हो त्यो दिन बिहानै बाट एकदमै उराठ लाग्दो थियो, न घामनै लाग्न सकेको थियो, न पानी पर्ननै | म आफ्नै सुरमा खाटमा पल्टीरहेको थिए, र आदि निन्द्रामै थिए र मेरो ममी म संगैको अर्को खाटमा निदाउनु भएको थियो | त्यति बेला देउसोको ठिक ११:५६ भएको थियो, अर्थात १२ बझ्नलाई ४ मिनेट बाकी थियो, एक्कासी थर्कमान भएर घर हल्लेको जस्तो अनुभूति भयो, साएद निन्द्रामै भएकोले होला, १-२ सेकेन्ड त म अक्क न बक्क परे, फेरी एकैचोटी भुइचालो भनेर चिच्याउदै म र मेरो ममी आ-आफ्नो खाट बाट उफ्रिदै कोठा बाट बाहिर निस्किन खोज्यौ| ढोका सम्म मात्र के पुगेका थियौ, बाहिर कोठाको दराजमाथि रहेको दुवै Aquarium भुइँमा बजारिन पुग्यो, र दराज र Aquarium को सिसा कार्पेट भरि छरियो, अब बाहिर खाली खुट्टा निस्किने सम्भव थिएन | तेसै पनि हामी घरको चौथौ तल्लामा थियौ | घर बेस्कन हल्लिने क्रम अझ जारी नै थियो, र खै के होस् मा हो, ममीलाई भित्रनै तान्न पुगेछु, ममी एकदमै आत्तिन थाल्नु भयो, र भगवानको नाम जप्न थाल्नु भयो, म हतारमा ममीलाई तानेर टेबल मुनि पसे, अब हामी दुवै आमा छोरा टेबल मुनि थियौ, घर अगी भन्दा बेस्कन हल्लेको अनुभूति भयो, म ममीलाई समातेर केहि हुन्न भन्न थाले, बाहिर बाट अनेक थरिको आवाज आउन थाल्यो, कोहि चिच्याउदै थिए, कोहि रुदै थिए, कोहि आफ्ना परिवारजनलाइ बोलाऊदै थिए र मेरो बुवा पनि बाहिर बाट हामीलाई बोलको सुने , येत्तिकैमा भुकुम्प बिस्तारै रोकिदै गयो, म र ममी हस्यांग फस्यांग गर्दै उठयौ र बाहिर निस्कीयौ, उता कोठा मा पुग्दा, हजुरबुबा एक्लै मलाई "बाबु" भन्दै बोलाउदै हुनुहुदो रहेछ, उहाको अक्सिजनको भरि सिलिन्डर पनि भुइँमा बजारिएको रहेछ, मैले हतारमा तेस्लाई उठाए, र म र ममी भएर हजुरबुवालाई बिस्तारै खाटबाट उठायौ, तेत्तिन्जेल सम्म समुन्द्रको छाल आए जसरी भुकम्पले जमिन उचालीरहेको नै थियो| मेरो हजुरबुवा ९५ वर्षको हुनुन्छ र सपोर्ट बिना आफै हिढ़न सक्नु हुन्न, हजुरबुवालाई त्यै छोढ़न पनि मनले मानेन, र धेरै जोड गरेर भर्यांग सम्म ल्यायौ, त्येसपछि पछाडी प्युठ्युमा राखेर बोक्न प्रयास गरि १ तल्ला सम्म झारे, तर ८० किलो को मोटो जीउ यो पनि प्रयास असफल भयो, अन्तमा केहि सिप नलागेर, ममी र मैले दुवै तिर समातेर बिस्तारै हजुरबुवालाई तल झार्दै थियौ, बुवा बाहिर खाली चौरमा पुगी डराउदै हामीलाई बोलौदै हुनुन्थ्यो, मैले हामी आउदै गरेको जारकारी दिए, र बिस्तारै हामी तल ग्राउन्डमा पुग्यौ| मा मैले त्यहाँ मेरो बुवा हजुरमा सबैलाई देख्दा केहि साहस जुट्यो, सबै जना धेरैनै आत्तेका थिए, किनकि यो भुकम्प अगी पछि आउने साधारण खालको थिएन, मनमा कतै केहि भयो कि भन्ने अनेक आसंका लाग्न थाल्यो, घर अगाडीकै दीप्सिखा स्कुल को होस्टेल नमाज्जाले चर्केको थियो| हामी आफ्नै घरको तल बसेको थियौ, र त्यो निकैनै असुरक्षित लागेर म त्यै दीप्सिखा स्कुल को ठुलो ग्राउन्ड मा जानको निम्ति त्यै ग्राउन्डमा सबै बच्चा बच्चीलाई राखेका होस्टेल वार्डेन संग कुरा गर्न खोजे, पर्खाल र ठुलो जालीले बारेको हुदा त्या जना सम्भब थिएन| येतिकैमा आत्तेको सुरमा कुरा गर्दा, उनि उल्टो म संग पत्किए, "हाम्ले तपाइलाई नआउनु भनेको छौ र ? अगाडी गेट बाट आउनुस् न" भन्दै ! मैले हामी संग ९५ वर्षको हजुरबुवा हुनुन्छ र बाहिर गल्लि निस्केर, घुमेर त्या बाट आउन नसक्ने कुरा बताए, र जालीनै उप्काउनु पर्ने कुरा बताए, उनि असन्तुस्ट थिए, र म संग निकै बेर बाझे, पछि टोलका सबै मान्छे त्या आइपुगी आफै जाली उप्काएर भित्र पस्न थाले, र होस्टेलको वार्डेन केहि बोल्न सकेनन्, (जे होस् आपत् को समयमा उनले त्यै ठाउमा आजको दिन सम्म अश्राए दिए, त्येसका लागि हामी सबैको धन्येबाद उहालाई)
एक एक गर्दै हामी तल ग्राउन्डमा झर्न थाल्यौ, ठुलै पर्खाल नाग्नु पर्ने भएकाले
हजुरआमा लाई त्यहाँ बाट झर्ने सम्भब थिएन र हजुरमालाई चै बाहिर गल्लि बाट नै
निस्केर उता गेटबाट होस्टेल छिराउने उद्देस्यले बाहिर डोराउदै निकाले, र उता बाट
भित्र ग्राउन्डमा पुराए, र म पुन त्यै बाटो फर्किए बाहिर
बाटोमा निस्कन नपाउदै अर्को ठुलो भूकम्पको धक्का महसुस गरे मैले, गल्लि छिर्न
हुन्न भनेर म बाटोमै उभिन पुगे, मलाई
कहिले थाहा थिएन, बाटो पनि घर हल्लाए जस्तै गरि हल्लिदो रहेछ भनेर, म त मातेको
मान्छे जस्तो हुन थाले, र भुकुम्पले बाटो मै यता उता उफार्न थाल्यो, मान्छेहरु
आत्तिएर भाग्न थाले, म पनि केहि सम्हालिदै अर्को टोल छिरे, र पर केहि खुल्ला ठाउमा
गई उभिए, तेत्तिन्जेल सम्म भूकम्प गइनै रहेको थियो, त्या मैले मेरो अर्को साथी
भेटे उ संग कुरा गर्न थाले, फेरी त्यसै ठाउमा एउटा मानिस आफ्नो २-३ वर्षको छोरा
च्यापी उभिएका थिए, साएद उनि अलि मातेका थिए, अनेक नचाहिदो कुरा फलाक्न थाले,
" आज आधा नेपाल सखाप हुनु पर्छ, यी सबै ठुला घर ढल्नु पर्छ, सबै धनि मानिस
मर्नु पर्छ, अनि मात्र हाम्रो पालो आउछ, दैबले हेर्छन् हाम्लाई पनि" भन्दै
अनेक नचाहिदो कुरा फलाक्न थाले, धेरै मानिस उनलाई एस्तो समयमा एस्तो कुरा नगर्नुस भन्दै थिए, तर उनि साचो कुरा
गरेको भन्दै आफ्नै स्वर ठुलो पारे, मेरो साथी "सिर्जन अधिकारी" लाई यो
कुरा मनपरेनछ र रिसले चुर हुदै थर्काउन थाल्यो, उनि पनि तल हटेनन्, सिर्जनले १
मुक्का हान्न भ्याईहाल्यो, उता बाट पनि हात पात सुरु भयो, त्यै उपस्थित सिर्जनको
अंकललाई पनि यो कुरा मननपरी उनले पनि ति मानिस लाई २-३ मुक्का हान्न भ्याए, म पालै
पालो सिर्जन र उसको अंकल लाई रोक्न कोसिस गर्दै थिए, सबै मानिस सिर्जनलाई नै
समर्थन गर्दै, त्यो मानिस लाई घर भित्र पठाईदे, र केहि समय पछि त्यहाँ बाट निस्की
उनि अन्तै गए, कहाँ गए अत्तो पत्तो भएन, मर्ने बाच्ने ठेगान नहुदा नि केटाहरुले
येसरी झगडा गरेको चै कत्ति पनि चित्त बुझेको छैन :(
पछि केहि साम्य भए पछि म आफ्नै परिवार भएको ठाउमा गए, उहाहरु मलाई नदेखी आत्तिन थाल्नु भएको रहेछ, मैले सबै कुरा बताए, र सबै कुरा नर्मल भयो, येत्तिन्जेल सम्म देस र वर पर को केहि कुरा थाहा भएन, सबै जना शान्तनै थिए| एक्कासी मलाई दिदीहरुको याद आयो, र सबैलाई फोन गर्न खोजे तर कसैलाई सम्पर्क हुन सकेन, झन् सानी दिदी सिन्दुपालचोक गको दिन थियो त्यो, मन यसै गरुङ्गो भयो, तेत्तिकै मा सानी दिदीको SMS आयो, यताको खबर के छ भन्दै , मैले यता ठिकै भएको जानकारी दिए र उता राम्रोसंग बस्न अह्राए, दिदी एकदम आत्तेकी थिइ, उसको आखै अगाडी सयौ घर भत्केछन् बिचारी यता त केहि छैन होला भनेर निकै अत्तेकी थिइ, मैले ठिकै भएको जानकारी दिए पछि उसले सन्तोष संग राम्रो संग बस्नु भनि SMS फर्काइ, SMS गएको रहेछ भनेर मैले सबै दिदिहरुलाई SMS गरे र उनीहरुको जानकारी लिए, सबै ठिकै रहेछन, आनन्द लाग्यो, र म भुइँमा थचक्क बसे, अन्त के भएछ भन्ने जानकारी लिन, मैले नेट खोलि हेरे, नेट चल्यो पनि, खोल्न साथै मैले धरहरा ढलेको तस्बिर देखे, आंग सिरिङ्ग भयो, पत्त्याउन एकदमै गार्हो भयो, बुवालाई त्यो तस्बिर देखाए , त्या सबैलाई भने, सबै जना ट्वा पर्यौ केहि बोल्न सक्ने अवस्था थिएन, कतिको के हाल भयो होला, त्यहाँ बस "सयौ को मृत्यु भएको हुन सक्ने आसंका" लेखिएको थियो | तेत्तिकैमा फेरी भूकम्पको अर्को धक्का महसुस भयो, जिउ फेरी सिरिङ्ग भयो, नेट मा खोज्दै जादा, ७.९ रेक्टर स्केलको भुकम्प गएको पत्ता लाग्यो मैले यो खबर सबैलाई दिन नपाउदै नेट चल्न छोढ़यो, मान्छेहरु FM ट्युन गर्ने थाले, त्या नि RJ हरु आत्तिएको स्वरमा बोलिरहेको थिए, सबै कुरा भूकम्प प्रति केन्द्रित थियो | मनमा त्रास बढ्न थाल्यो, सबै साथीलाई कल गर्ने खोजे, कसैलाई लागेन, र धर्ये गर्दै आफ्नै परिवार संग बसे, अनेक समाचार कानमा पर्यो, त्रिभुवनको सालिक लड्यो रे, सिन्दूपालचोकमा सबै गाह्र लडे रे, धरारा अब रहेन रे, येस्तै अनेक डर लाग्दा कुरा सुनियो, मन ले एउतै कुरा प्राथना गर्न थाल्यो, "हे भगवान. मानिस सबै सकुसल रहुन,"
त्यो दिन निकै डरलाग्दो रह्यो, तर पनि बाहिरको हाल चाल बुझ्न, म क्यामेरा बोकेर, बाहिर निस्के, आफ्नो घर(सोर्हखुट्टे) तिर खासै केहि नभएको देखि, म केहि हदसम्म खुसि हुदै गाह्र फर्के,, त्यो दिन डरले घर चिर्न कोहि मानेनन्, सबै जना त्यहि खुल्ला आकाश मुनि बास बस्ने निदो गरि, म्याट, चकटी ओढ्नी ल्याउन थाले, हामीले पनि त्यसै गर्यो, बेलुका ५ बजे तिर दिदी पनि सिन्दुपल्चोक बाट आइपुगी, उह धेरैनै आत्तेकी थिइ, उसले जे देखि, साएद हामीले त्यो देख्न पाएनौ, , रात छिप्पिदै थियो, भूकम्पको धक्का संगै नराम्रा खबर आउने क्रम रोकिएको थिएन, रात एकदमै गार्हो हुने निश्चित थियो, मेरो परिवार र अरु सयौ त्यै ग्राउन्डमै म्याट माथि बस्यौ, राती हलुकापानी बिरबिरायो, र अर्को आपत् आइलाग्यो, सबै जना छिटो छिटो पाल ल्याई मिलायौ , र त्यो रात ननिदाई जिनतिन कट्यो , बिहान ५ बजेको हुदो हो, दिदीले बोलाई, र हिढ़ भाइ अब माथि नै जाऔ भनि, उसले तेसो भन्ननपाउदै अर्को ठुलो धक्का महसुस भयो, अब घर छिर्ने आठ कसैले गर्न सकेनन, मनमा अनेक त्रास फैलियो , आत्मबल निकै कम्जोर भईसकेको थियो|
DAY : 2

अलिकति साहस जुटाई म घर माथि गए, र फ्रेस भए, चिया खाइ सकी मोबाइलमा समाचार सुन्दै मा पत्रिका खोज्न बाहिर निस्किए, बल्ल बल्ल एउटा कान्तिपुर भेटियो, मन नै छुने अनेक तस्बिर देखे, देसत तहस-नहस भईसकेछ, आसु आउन खोज्यो, तर सम्हाले आफुलाई, येतिकैमा मोबाइल पनि अफ भयो, बत्ति थिएन, घर आइ सोलार बाट चार्ज गर्न थाले, त्यसै क्रममा फेरी एउटा धक्का महसुस गरे र निस्किए बाहिर, एस्त साना तिना धक्का त धेरै महसुस भयो, पछि दिदी र म हजुरबुवालाई तातो पनि तताउन भनि माथि उक्लिदा ठ्याक्कै महाभूकम्प गएको २६ घण्टामा अर्को ठुलो भूकम्प गयो, धन्न दिदी र म त्यै बेला तल निस्किन भ्याईहाल्यौ, आज को दिन सम्म आइपुग्दा १०० भन्दा बडी धक्का गाइसके रे | त्यो दिन मेरो ९५ वर्षको हजुरबुवा संग एकपटक फेरी ९० सालको भूकम्पको बारेमा कुरा गरे, उहाले, नेपाको इतिहासको दुइ ठुला भूकम्प खेप्नु भयो, भन्दै हुनुन्थ्यो, "उता बाट काठमाडौँ हेर्दा, जता ततै धुलै धुलो मात्र देखिन्थ्यो र येस्तै धक्का ६-७ दिन सम्म आइनै रहेको थियो, तर अहिले जस्तो डर लाग्दो थिएन त्यति बेला"
दिन काट्न कोहि ग्राउन्डमा तास खेल्दै थिए, कोहि भरे रति सुत्न ब्येबस्थित तरिकाले पाल मिलाउदै थिए, मनमा डर त्रास छदै थियो| र त्यो दिन पनि त्यै खुल्ला आकासकै बास भयो|
DAY : 3
धक्का आउने क्रम रोकिएको थिएन र त्येस माथि मृतक र घाइतेको समाचार सुनेर निरासहुने बाहेक अरु केहि विकल्प थिएन, हामी नेपालीको सान बसन्तपुर दरबार पनि तहस नहस भईसकेछ, नेपालको प्राकृतिक सम्पदा केहि देखि सहेन यो भुइँचालोले :(
झन् समाचारमा धरहराको इट्टा
चोरी हुदै छ रे भन्ने खबर सुने, धिक्कार लाग्यो एस्तो बिपतको समय मा पनी
एस्तो गर्ने यो नेपालीपन संग |
कति त्यै ग्राउन्ड भित्र
बस्नु भनि फेरी एकपटक क्यामेरा बोकी साथीहरुसंग सोभाभगवती तिर निस्के, त्यहाँको
बिचल्ली झन् देखि सक्नु रहेनछ, कहिले सोच्दै नसोचेको कुरा, आफ्नै अगाडी देख्दा,
सार्है नरमाइलो लाग्यो| मन्दिरको गजुर लडेको थियो, ५ तला घर जमिन मै भासिएको थियो,
कहालीलाग्दो दृश्य थियो त्यो :(
DAY : 4
DAY : 4
अलिकति आटनै गरेर नुहाए त्यो दिन मैले, र गोंगबु साइड तिर क्यामेरा बोकेर निस्के, अब बिस्तारै सबै कुरा नर्मल हुदै थियो, पिडितको लागि केहि गर्न सकिन्छ कि भन्ने सोचेर, म र मेरो साथी गोंगबु तिर गयौ, गोंगबु र मनमैजु साइड झन् हेरी नसक्नु रहेछ, अत्यानुधिक घर नै पट-पट भाचिएको देखियो, प्राय जसो गेस्ट हाउस, पत्याउनै गारो लाग्ने, तर यो सबै कुरा आफ्नै आखा अगाडी देखियो, त्या पुलिस र रेस्क्यु टोलि पुग्न अझै बाकी नै थियो, मानिसहरु त्या अझै पनि लास रहेको कुरा बताउथे|
घर फर्कियौ, समाचार सुन्न थाले, राहत सजिलो संग पुग्न सकेको थिएन, अनेक खालका सहयोग हरु आइरहेछ थिए, कतै प्रयोग हुन सकिरहेको थिएन, कति लाचार रहेछ हाम्रो सरकार भन्ने प्रस्ट देखिन्थ्यो|
येस्तैमा साथीहरुसंग कुरा गर्दै जादा, आफ्नै कलेजको फर्मासी दोस्रो वर्ष अध्ययनरत साथी "सन्नी प्रधान" को येही भूकम्पमा परि ज्यान घुमाएको कुरा सुन्न पुगे, एकछिन मा घाटीनै ख्याप्प गर्यो, आफु संग सधै भेट हुने साथी, अब दुनियामा रहेन भन्ने सुन्दा पत्त्याउन एकदमै गार्हो भयो, तर उ मात्र हैन, धेरै अरुले ज्यान गुमाईसकेका थिएका , येही भन्दै सम्हाले आफुलाई| तेस्रो दिन सम्म मा आउदा, खुल्ला चौरकै बास भयो | हामी बसेको ठाउँ मा केहि नराम्रो घटेको थिएन, तर पनि त्यहाँ, न कुनै मेडिकल टिम आयो, न त एउटा पुलिसनै , दुख लग्यो, के हाम्रो सरकारले एकचोटी हालत विचार गर्ने सम्म पठाउन सकेन?
सधै आत्तिएर हुदैन भनि,
त्येस दिन हामी आफ्नै घर उक्लियौ, फुटेको सिसा, सबै कार्पेट बाट उठायौ र कोठा सफा
गर्न तिर हामी लाग्यौ, मनमा डर त छदै थियो, कतै केहि भईहाल्ने हो कि भनि,
त्यो दिन अगिल्लादिन जस्ता खासै ठुलो धक्का पनि महसुस गरेन, साएद येत्तिले पनि केहि राहत दियो हामी नेपालीलाई| घरलाई केहि नोक्सान नगरे पनि कोठाको सामान यता उता, लटपटिएक थिए, त्यो सबै घर सफा गर्ने मात्र काम भयो, कत्ति मानिसहरु अझै पनि आत्तिएर ग्राउन्डमै बसेका थिए, नआत्तिइउन पनि कसरी, भूकम्पको धक्का आउने क्रम रोकिएको थिएन, अब त गल्लि मा बाइक गुडदा र आकाशमा प्लेन उडदा पनि मुटुले हंस छोढ़न थालेको थियो | त्यो दिन चै बुवा, ममी हामी सबैले अलिकति हिम्मत जुटाई माथि घरमै सुत्ने निर्णय गरयौ, डर त थियो नै, तर सधै येसरी गार्हो हुने देखेर, हामी आफ्नै घरमा आयौ, नभन्दै तेस्तो डर लाग्ने केहि भएन त्यो दिन :)

DAY : 5
यता त सबै राम्रै थियो, तर हाम्रो गाउको घर भत्किएको छ भन्ने खबर आयो (मेरो गाउको घर काठमाडौँ जिल्लाकै , तिन्पिप्ले भन्ने ठाउँको जितपुर फेदीमा पर्दछ)
सबै तिर हेरौ भनि बुवा र मा मेरो स्कुटरमा निस्कीयौ, सुरुवात धर्मस्थली भन्ने ठाउँबाट भयो, त्यहाँ मेरो फुफुदिदी को घर छ, उहाको घर सार्है नमाज्जाले भत्केको रहेछ, माथि रहेको ढलान नै पल्टाईदेको रहेछ, बाटो मा हेर्दै जादा, अनेक कहालीलाग्दो दृश्य देखियो |
पछि जितपुरफेदी पुगे, त्यहाँ नि मेरो दिदीको घर केहि बाकी रहेनछ, दिदीको मात्रै नभई, लहरै सबै भत्केछन् , हेर्दा सपना जस्तो लाग्ने तर, साचो कुरा आखा अगाडी नै थियो :(
अन्तिममा आफ्नो घर पुगियो, सबै तिर बाट चर्केको, भत्किन मात्र बाकी, आफु जन्मेको, खेलेको घरलाई त्येस्तो देख्दा, निकै भाबुक बने, तर अब केहि गर्न सकिदैन थियो, थाहा छैन अब कत्तिन्जेल सम्म ठडिन्छ त्यो घर :(
DAY : 6
"आफु बाचियो, अब अरुलाई बचाऔ" भनेर, म र मेरो कलेजका साथीहरु देविका, दिपेश, हेमन्त, रहिस , बिराज भएर, एकपटक कलेजमा भेट्यौ, र अब क गर्न सकिन्छ भनेर सबै जनाले छल-फल गर्यौ, क्याम्पस चिफ "बाबुराम हुमागाईं" सरसंग पनि यो बारेमा सल्लाह गर्यौ, उहाले हामीलाई स्वास्थ्य मन्त्रलाय सम्मको बाटो देखाईदिनु भयो, त्यहाँ गएर, हामीले भूकम्प पिडितलाई सहयोग गर्न पाउ र अवास्येक सामग्री उपलब्ध होस् भनेर एउटा निबेदन लेखि सचिबलाई पेस गर्यौ , उहाले हामीलाई भक्तपूर छेत्रमा खटाई दिने भनेर, भक्तपूर जिल्ला प्रसासनलाई एउटा पत्र तयार गरिद्नु भयो, चाजो पजो मिलाउदा, ४ बजिसकेको थियो, त्यो दिन यसै होस् र भोलि बाट काम थाल्ने भनि हामी अरु प्लान गरि घर फर्कीयौ | Aftershock आउन अझै रोकिएको थिएन, मनमा त्रास अझै जिवितनै थियो |
DAY : 7
बिहानै, म र हाम्रो टिम भक्तपूर जिल्ला प्रशासन पुग्यौ, यता उता गर्दा, हामीले CIST कलेज बाट २० जना को टिम तयार पारेका थियौ, र हामी सबै काम गर्न एकदम उत्साहित थियौ, त्या गएर CDO लाई भेट्दा हामीलाई त्यति वास्ता गरिएन, पत्र देखाई हामीलाई स्वास्थ्य मन्त्रलायले येहा बाट समन्वय गरेर उद्दार कार्यमा जुट्नु भनेको छ भन्दा, उहाले येहाबाट त्येस्तो केहि नहुने बताए, र हामी त्यहा बाट DPHO (District public health office) पुग्यौ, येस्तै रहेछ येहा "हामी केहि गर्छौ भनेर जादा पनि हामीलाई मौका दिईएन" त्यहाँ डा. केजी चन्द्र घिमिरेसंग भेट भयो, उहाले कमलपोखरी एरियामा काम गर्न केहि सहज बातावरण बनाईदिनु भयो, त्येस पछि VHC भक्तपूरको सहकार्यमा सरसफाई र अन्य सामाग्री बितावरणको लागि चाहिने सामग्री, "कुच्चो, पन्जा, मास्क, फिनेल, साबुन, खाने पानी" इत्यादि बोकी हामी कमलपोखरी पुग्यौ त्यहाँ हामी २२ जना थियौ, र दुइओटा टोलि बनाई कोहि कता कोहि कता गयौ , र त्यो एरियामा सरसफाई सकी, त्यहाँका मानिसलाई हाइजिनको बारेमा केहि सिकायौ, र हामीले ल्याएका सामान बितवरण गर्यौ |
महाभूकम्पको सातौ दिन सम्म आइपुग्दा Aftershock आउने क्रम रोकिएको छैन, जनजीवन बिस्तारै सामान्य बन्दै छ, तर पनि कतै फेरी केहि बिपत्ति आइलाग्ने हो कि भनेर मनमा डर र त्रास अझै बाकीनै छ, आज सम्म हेर्दा, नेपालभर "६,७००+ को मृत्यु को खबर आइसकेको छ भने १३,९००+ घाइते छन्" | राहत सामाग्री सजिलो संग पुग्न सकेको छैन, बस्ने पाल नपाएर पिडित खुल्ला आकाशमै भिजेर बस्न बाध्य छन्, नेपालका सबै जसो पुराना मठ-मन्दिर भत्किसके | आशा गर्छु विदेशबाट आएको सहयोग एरपोर्टमै थन्केर नबसोस्, पिडितले समयमै राहत पाउछन्, सरकारले सबै तिर ध्यान दिन सकोस् :)
महाभूकम्पको समयमा मैले देखेको कमजोरी र सुनेका नचाहिदा हल्लाहरु
१. साएद आत्तिएको भएर पनि होला, मानिसहरु अनेक हल्लाको पछि लाग्ने गरेको पाए, र सबै आफ्नै Expert Opinions राख्ने |
२. NASA ले predict गरेको रे, अब नेपालमा १० रेक्टर स्केलको भूकम्प आउछ रे, कोहि बच्दैनन् अब भनेर, अनेक त्रास फैलियो ( ए बाबा! आज सम्म भूकम्पको पुर्व अनुमान कसैले गर्न सक्दैनन् एस्तो कुरा नसुनौ न भनेर सम्झाउदा पनि गारो हुने )
३. इमाडोल भन्ने ठाउमा जमिनबाट पानी र बालुवा निस्कियो रे, अब नेपालमा ज्वालामुखीबिस्पोट हुन्छ रे
४. अब ठुलो भूकम्प आउछ रे भन्ने हल्ला त दिनहु जसो आइरह्यो, एकछिन सन्तोसको सास फेर्न पाइएन, नपत्तयाउ भन्दा पनि सबै मानिस डराएको देखेर आफुलाई नि अत्ताईदिने :(
५. भूकम्पको केन्द्रबिन्दु सर्दै-सर्दै काठमाडौँ आउदै छ रे, कति खेर ठुलो प्रलय हुन्छ अनि केहि बच्दैनन काठमाडौँको भन्ने हल्ला ले त आधा काठमाडौँबासीलाई काठमाडौँ छोडन गचगचायो |

७. नयबानेश्वर एरियामा
स्वाइन फ्लु फैलिएको र अब काठमाडौँ भरि स्वाइन फ्लु फैलिने भन्दै अर्को त्रास
थपियो|
६. अझ बिहिबारको दिन त बेलुकी, २ घण्टा भित्र ठुलो भूकम्प आउदै छ घर भित्र कोहि नबस्नु भन्दै माइकिंग गर्दै हिडेको कुरा नि पर्यो यो कानमा |
६. अझ बिहिबारको दिन त बेलुकी, २ घण्टा भित्र ठुलो भूकम्प आउदै छ घर भित्र कोहि नबस्नु भन्दै माइकिंग गर्दै हिडेको कुरा नि पर्यो यो कानमा |
(सोच्दा नि अच्चम्म लाग्छ,
कस्तो महामुर्ख मान्छेले चै एस्तो कुरो भन्न सुरु गर्छ होला पहिले)
महाभूकम्पको बिपत्तिको समयमा के गर्न सकिन्छ?
१. अहिले को समयमा
ज्यान बचाउनुनै ठुलो कुरा हो, यस्तो विपत्तिको बेलामा सबैभन्दा पहिले त चेपुवामा
परेका मानिसलाई उद्धार र उपचार गर्नुपर्छ। जोखिममा परेका मानिसको ज्यान
बचाउनुपर्छ।
२. सहयोगी हातहरु
सबैलाई क्षेत्र छुट्टयाएर उद्धारको जिम्मा लगाइयो भने काम गर्न सजिलो हुन्छ र चाहिएको
बेलामा राहतपनि सजिलै पुग्छ |
३. विश्वभबाट
विभिन्न देश, संघसस्थाबाट नेपाललाई अनेक सहयोग आइरहेको छ, त्येसको उचित उपयोग गर्नुजरुरि
छ |
४. भविष्यमा पनि त्यस्तै विपत्ति आउन सक्छ भनेर समयमै साबधानी अपनाउनु पर्छ र अबको नेपाल निर्माण वैज्ञानिक तरिकाले गर्नु पर्छ|
४. भविष्यमा पनि त्यस्तै विपत्ति आउन सक्छ भनेर समयमै साबधानी अपनाउनु पर्छ र अबको नेपाल निर्माण वैज्ञानिक तरिकाले गर्नु पर्छ|
५. यो सबैलाई
परेको बिपत्ति हो त्येसैले एकलेअर्काको सकेसम्म मद्दत गर्नु पर्छ |
६. महाभूकम्पपछि विभिन्न भाइरलरोगहरुको महामारी फैलिन सक्छ, जसले थप नोक्सान पुर्याउनसक्छ, एस बारेमा बेलैमा साबधानी अपनाउनु जरुरि छ |
६. महाभूकम्पपछि विभिन्न भाइरलरोगहरुको महामारी फैलिन सक्छ, जसले थप नोक्सान पुर्याउनसक्छ, एस बारेमा बेलैमा साबधानी अपनाउनु जरुरि छ |
जतिबेला जे पनि हुन सक्छ र हरेक कुराको लागि साबधानी अपनाउदै पुर्वतयारी गर्नुपर्छ भन्ने सन्देस यस भूकम्पले हामीलाई दिएको छ| अहिले हाम्रो सरकारको तयारी एकदम सुन्य देखियो, बैदेसिक सहयोस नहुने हो भने नेपालको हालत के हुन्थ्यो होला, हामी अनुमान समेत गर्न सक्दैनौ | "प्राकृतिक बिपत्ति रोकेर रोक्न सकिन्न, तर त्येस बाट हुने क्षति कम गर्न सकिन्छ" आशा गरौ, अब एस्तो बिपत्ति फेरी नेपालले भोग्न नपरोस् न कहिँ आइलागिहाले हामीसंग क्षति कम गर्ने उचित स्रोत र साधन होस् :)
मैले खिचेका केहि तस्बिरहरु :
![]() |
महाभूकम्पको सुरुको झट्कामै
खसेर फुटेका Aquarium हरु
|
![]() |
| महाभूकम्प पश्चात आत्तिएर बाहिर खुल्लाठाउँमा निस्किएका मानिसहरु |
![]() |
| सिन्दूपाल्चोक जाने बाटोको लप्सीफेदीमा अवस्थित Hotel Heaven Hill :( |
![]() |
Garden Hotel को खुल्ला चौरमा आत्तिएर बसेका मानिसहरु
|
![]() |
| धुलाम्मे सोह्रखुट्टे चोक | आत्तिएर मानिसहरु बीच चोकमै बसिरहेको थिए |
![]() |
| महाभूकम्पपछि लडेको पर्खाल, पिल्लर र अरु थप सपोर्ट केहि नहुने भएकाले एस
भूकम्पमा धेरै येस्ता पर्खालहरु लडेका थिए |
![]() |
| घरअगाडी नै रहेको दिप्शिका स्कुलको होस्टेल भवन | चारै तिरबाट चर्किएको एस भवन
अब बस्न योग्य छैन |
![]() |
शोभाभगवतीमा अस्वस्थित भासिएको
४ तला घर, येहा चाइनिज उद्धार टोलि दिन रात खटिदै लासहरु निकालिरहेको थिए
|
![]() |
भाचिएको शोभाभगवतीको गजुर |
अहिलेको महाभूकम्पमा नेपालले थुप्रै येस्ता भौतिक सम्पदा गुमाउन पुगेको छ :(
|
![]() |
| भूकम्पको कारण घर भित्र पस्न डर भएपछि मानिसहरु येसरी बाहिरनै टेन्ट हालेर
बस्न बाध्य छन् |
![]() |
| बारम्बार आइरहेका धक्का र रोगको महामारी फैलिने डरले काठमाडौँ छोडेर घर
फर्किने क्रममा यात्रुहरु |
![]() |
राजधानीको नया बसपार्कमा घर
फर्किनको लागि टिकट काट्न लाइन बसेका लाम्बद्द यात्रुहरु
|
![]() |
| काठमाडौँ छोडेर घर फर्किने यात्रुको चाप बडेपछि अस्त ब्येस्त माच्छापोखरी सडक |
![]() |
| गोंगबुमा पुरै बाटो छेक्ने गरि पल्टिएको एस घरले गुढदै गरेको ट्याक्सीलाई
थिचेको थियो, र ड्राइभरको त्यै निधनभएको थियो |
![]() |
| काठमाडौँ जिल्लाकै धर्मस्थली भन्ने ठाउँमा लहरै भत्केका घरहरु |
![]() |
| धर्मस्थलीकै एक घरमा महाभूकम्पले उच्छिटाइदेको ढलान |
![]() |
| भत्किएको घरलाई मर्मत गर्न सुरु गर्दै स्थानिय |
![]() |
स्वास्थय तथा जनशंख्या
मन्त्रलायले भक्तपूर जिल्ला प्रशासनलाई बनाईदिएको पत्र |
|
![]() |
| टिचिइंग अस्पताल कम्पाउण्डमा पर्खाल लडी थिचिएको एम्बुलेन्स |
भक्तपूर दरबार स्क्व्यार एरिया
![]() |
| भक्तपूर सरसफाईको क्रममा हाम्रो टिम |
![]() |
| भक्तपूर च्यामसिंह |
Subscribe to:
Posts (Atom)